Kathmandu Press

महिला सहमहामन्त्रीमा उपाध्याय विजयी

महिला उपाध्यक्षकी उम्मेदवार कमला पन्तलाई ४२८ मतले हराउँदै उपाध्याय महिला सहमहामन्त्रीमा निर्वाचित भएकी हुन।
महिला सहमहामन्त्रीमा उपाध्याय विजयी

काठमाडाैं, पुस १ : नेपाली कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । प्रधानमन्त्री तथा सभापति शेरबहादुर प्यानलबाट उम्मेदवार बनेकी उपाध्यायले २ हजार ५ सय ३३ मत प्राप्त गरिन्।

उपाध्यायले प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराइन्। शेखर कोइराला प्यानलकी पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन्।

निर्वाचनको मत परिणाम आए पनि औपचारिक घोषणा हुन भने बाँकी छ।

प्रकाशित मिति: २१:४४ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्