Kathmandu Press

कांग्रेस सहमहामन्त्रीमा डिनाको फराकिलो अग्रता, विश्वकर्माले लिए झिनो अग्रता 

कांग्रेस सहमहामन्त्रीमा डिनाको फराकिलो अग्रता, विश्वकर्माले लिए झिनो अग्रता 

काठमाडौं, पुस १ : कांग्रेस सहमहामन्त्री महिला तर्फको जारी मतगणनामा शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ले फराकिलो अग्रता बनाएकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार तीन हजार मत गणना हुँदा उनले १६५२ मत ल्याएकी हुन् । यस्तै शेखर कोइराला प्यानलबाट उम्मेदवार रहेकी कमला पन्तले १३२६ मत ल्याएकी छिन्।

यस्तै दलिततर्फ १,७८० मत गणना हुँदा मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् भने जीवन परियारले ८३१ पाएका छन् ।

विश्वकर्मा देउवा समूहबाट उम्मेदवार बनेका हुन् भने परियार कोइराला समूहबाट उम्मेदवार हुन् । 
 

प्रकाशित मिति: २१:०१ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्