Kathmandu Press

आदिवासीतर्फ सहमहामन्त्रीमा आङ्देम्बेको अग्रता कायमै 

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणनामा भिष्मराज आङ्देम्बेले अग्रता कायमै राखेका छन्।१९ सय मत गणना गर्दा...
आदिवासीतर्फ सहमहामन्त्रीमा आङ्देम्बेको अग्रता कायमै 

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणनामा भिष्मराज आङ्देम्बेले अग्रता कायमै राखेका छन्।

१९ सय मत गणना गर्दा आङ्देम्बे ११ सय मत पाएका छन्। यस्तै, लामाले ७ सय ७१ मत पाएका छन्।

जनजाति क्लस्टरको सहमहामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट आङ्देम्बे र तथा शेखर कोइराला प्यानलबाट लामा प्रतिस्पर्धामा रहेका छन्।

उनलाई विकास लामाले पछ्याइरहेका छन्।
 

प्रकाशित मिति: २०:२५ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्