Kathmandu Press

तालिबानद्वारा मार्चमा अधिकार र सहायताको लागि जनाइएको प्रतिवद्धता लागू गर्न अफगानी महिलाद्वारा सरकारलाई आग्रह

काबुल, पुस १ : अफगानिस्तानको राजधानीमा बिहीबार दर्जनौँ महिलाले तालिवान सरकारबाट शिक्षा, रोजगारी र राजनीतिक प्रतिनिधित्वको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।अफगानिस्तानका...
तालिबानद्वारा मार्चमा अधिकार र सहायताको लागि जनाइएको प्रतिवद्धता लागू गर्न अफगानी महिलाद्वारा सरकारलाई आग्रह

काबुल, पुस १ : अफगानिस्तानको राजधानीमा बिहीबार दर्जनौँ महिलाले तालिवान सरकारबाट शिक्षा, रोजगारी र राजनीतिक प्रतिनिधित्वको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

अफगानिस्तानका नयाँ कट्टर तालिबान शासकहरूले सार्वजनिक विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाएपनि बिहीबार काबुलमा महिलाहरूले प्रदर्शन गरेका हुन्।

Hardik ivf

सहभागीहरूले ‘भोजन, पेशा र स्वतन्त्रता’ भनेर नारा लगाउँदै सहर परिक्रमा गरेका थिए। महिलाहरूले राजनैतिक पद पाउनुपर्ने माग गर्दै प्लेकार्डहरू बोकेर पुरूषहरूले पनि प्रदर्शनमा साथ दिएका थिए।

तालिबानले सन् १९९० को तुलनामा नरम शासनको प्रतिज्ञा गरेका भएपनि महिलाहरूलाई अझै पनि धेरै हदसम्म सरकारी रोजगारी र माध्यमिक विद्यालय शिक्षाबाट बहिष्कृत गरिएको छ।

विरोध गर्न अनुमति दिइएको बताइए पनि आफूहरू देशका नयाँ शासकहरूसँग डराएरैै आवाजलाई दवाउनु परेको सहभागीहरुले बताएका छन्।

२८ वर्षीया शाहेरा कोहिस्तानले भनिन्, 'डर सधैं हुन्छ, तर हामी डरमा बाँच्न सक्दैनौं। हामीले आफ्नो डरविरुद्ध लड्नुपर्छ।'

तालिबान समूहले अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेपछि पूरानो शक्तिलाई विश्वासमा लिएर शारिया कानूनको परिधिभित्र रहेर नागरिकका मागहरूलाई सम्बोधन गर्ने बताएको थियो।

सत्तामा पुगेपछि तालिवानबाट गरिएका प्रतिवद्धतालाई पालना नगरेको विपक्षीहरूको आरोप रहने गरेको छ।

प्रकाशित मिति: २०:२० बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्