Kathmandu Press

ओमिक्रोन संक्रमण बढेपछि भारतको मुम्बईमा २ हप्ता निषेधाज्ञा जारी

काठमाडौं, पुस १ : एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।मुम्बईमा बुधबार एकैदिन...
ओमिक्रोन संक्रमण बढेपछि भारतको मुम्बईमा २ हप्ता निषेधाज्ञा जारी

काठमाडौं, पुस १ : एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मुम्बईमा बुधबार एकैदिन सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो ।

कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ ।

त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ । यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ । सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने छ ।

साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । यस्तै, मुम्बईमा बुधबार मात्र २८९ मा कोरोनाको संक्रमण पुष्टि भएको थियो । 

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्