गण्डकी प्रदेशमा २६ जना कोरोना सङ्क्रमण मुक्त
गण्डकी, पुस १ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी...गण्डकी, पुस १ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
थपिनेमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका सात, कास्कीका चार, तनहुँका दुई, म्याग्दी र लमजुङका एक/एक रहेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० जना रहेको र होम आइसोलेशनमा १८३ जना रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म कुल तीन लाख ५४ हजार २९० को कोरोना परीक्षण गरिएकोमा ८८ हजार २१५ जना सङ्क्रमित भएका थिए। जसमध्ये ८६ हजार ५९१ निको भएको र एक हजार ४२४ जनाको मृत्यु भएको जनाइएको छ।
प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१