सुदूरपश्चिम प्रदेशमा थप आठ जनामा काेराेना सङ्क्रमण
बैतडी, पुस १ : सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८९१ को नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआर विधिमार्फत चार र एन्टिजेन विधिमार्फत चार जनामा सङ्क्रमण पुष्टि भएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र एन्टिजेनबाट कञ्चनपुरका दुई र कैलालीका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि बुधबार यस प्रदेशमा १३ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका छन्। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१२ को ज्यान गइसकेको छ।
प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१