Kathmandu Press

सहमहामन्त्री आदिवासी जनजातितर्फ देउवा समूहका आङ्देम्बेको अग्रता 

काठमाडौं, पुस १ : नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी...
सहमहामन्त्री आदिवासी जनजातितर्फ देउवा समूहका आङ्देम्बेको अग्रता 

काठमाडौं, पुस १ : नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।

सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।

७ सय मत गणना हुँदा आदिवासी जनजातितर्फ सभापति शेरबहादुर देउवा प्यानलका उम्मेद्वार भिष्मराज आङ्देम्बेले सुरुवाती अग्रता लिएका छन् ।

आङ्देम्बेले ३९७ मत पाउँदा शेखर कोइराला निकट बिकाश लामाले २८९ मत पाएका छन् । 
 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्