Kathmandu Press

प्रवासमा नेपालीले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाण 

काठमाडौं, पुस १ : गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।नेपाली कांग्रेसको १४औं...
प्रवासमा नेपालीले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाण 

काठमाडौं, पुस १ : गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली संघका सदस्यहरूसँग गृह मन्त्रालयमा बिहिबार भएको छलफलमा गृहमन्त्री खाणले नेपालका नागरिकहरूले भोग्नु परिरहेको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका हुन् ।

उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेलिकेटेट डेस्क’ स्थापना, श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौता गर्ने लगायतका विषय समाधान गर्न सरकार सकारात्मक रहेको बताए । छलफलमै रहेका गृहसचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या समस्या अविलम्ब समाधान गर्न निर्देशन दिए । 

‘अन्तर्राष्ट्रिय विमालस्थलमा धेरै समस्या देखिएको छ, त्यसलाई अविलम्ब सुधार गर्नुहोला,’ गृहमन्त्री खाणले सचिव पाण्डेलाई निर्देशन दिँदै भने  । विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरण सम्बन्धित मन्त्रीहरूको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाणले निर्देशन दिए । 

त्यस्तै गृहमन्त्री खाणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिए । छलफलमा सहभागीहरूले अन्य विषयगत अस्पतालजस्तै एनआरएनएहरूका लागि पनि अस्पताल खोल्ने व्यवस्था गर्ने पहल गरिदिन आग्रह गरेका थिए । गैरआवासीय नागरिकलाई संविधानमा गरिएको व्यवस्थाबारे सरकार सकारात्मक रहेको र संविधानअनुरुप प्रक्रिया सुरु गर्न पहल गर्ने बताए । उनले आफू ‘एक पटकको नेपाली सधैको नेपाली’ बनाउनेबारे पनि आफू सकारात्मक रहेको बताएका थिए । 

गैह्रआवासीय नेपालीहरूलाई नेपालमा थोरै थोरै भए पनि लगानी गर्न उनले आग्रह गरे । बैठकमा एनआरएनएका नेता कुल आचार्य जनसम्पर्क समिति अमेरिका महाधिवेशन प्रतिनिधि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, भारतबाट महाधिवेशन प्रतिनिधि तथा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेलगायत विभिन्न मुलुकमा बस्ने नेपालीले आफूहरुका समस्याबारे गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: १८:४७ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्