नवनिर्वाचित कांग्रेस उपसभापति खड्का पुगे बाडेगाउँ र सम्झिए किसुनजी
काठमाडौं, पुस १ : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का ललितपुरको बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराई (किसुन) आश्रम पुगेका छन्। आज (बिहीबार) दिउँसो त्यहाँ पुगेर...
काठमाडौं, पुस १ : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का ललितपुरको बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराई (किसुन) आश्रम पुगेका छन्। आज (बिहीबार) दिउँसो त्यहाँ पुगेर उनले भट्टराईको सालिकमा माल्यार्पण गरे।
उनका साथमा कांग्रेस नेता रामहरि खतिवडा, सुर्खेत जिल्ला उपसभापति विष्णुबहादुर खड्का पनि थिए।
भट्टराईलाई राजनीति गुरु मान्ने खड्का उनको जन्मजयन्ती र स्मृति दिवसमा पनि नियमित रुपमा बाडेगाउँ जाने गर्छन्।
साथै कुनै राजनीतिक निर्णय लिनुपर्दा वा कुनै राजनीतिक सफलता प्राप्त हुँदा पनि सुरुमा उनी त्यहाँ पुग्ने गर्छन्। खड्का २ हजार १ सय २१ मत ल्याएर उपसभापति निर्वाचित भएका हुन्। यसअघि उनी महामन्त्री थिए।
प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











