Kathmandu Press

महामन्त्रीमा जितेसँगै गगनले भने- गलत व्यक्ति छानिएछ भन्ने आभास हुन दिन्न

काठमाडाैं, पुस १ : कांग्रेस महामन्त्री पदमा जितेसँगै गगनकुमार थापाले आफूलाई मत दिने प्रतिनिधिलाई गलत व्यक्ति छानेछु भन्ने आभास हुन नदिने बताएका छन्। ललितपुरको...
महामन्त्रीमा जितेसँगै गगनले भने- गलत व्यक्ति छानिएछ भन्ने आभास हुन दिन्न

काठमाडाैं, पुस १ : कांग्रेस महामन्त्री पदमा जितेसँगै गगनकुमार थापाले आफूलाई मत दिने प्रतिनिधिलाई गलत व्यक्ति छानेछु भन्ने आभास हुन नदिने बताएका छन्। 

ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्।

महामन्त्रीको रूपमा प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। एउटा समूहमा बसेर निर्वाचन लडे पनि अब आफू सिंगो पार्टीको महामन्त्री भएकाले सोहीबमोजिम अघि बढ्ने बताए। 

उनले अब कुनै अलमलमा नपरी थकानरहित भएर पार्टी जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारे।

प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्