Kathmandu Press

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान

धरान, पुस १ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान गरिएको छ। २५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो। यसअघि...
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान

धरान, पुस १ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान गरिएको छ। 

२५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो। यसअघि प्रतिष्ठानमा मेसिन बिग्रिएका कारण सेवा लिन बिरामी अन्यत्र जानुपर्ने अवस्था थियो। 

मेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए। उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिनेछ।

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्