कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदको मतगणना सुरू
काठमाडाैं, पुस १ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।केन्द्रीय निर्वाचन समितिले भर्खरै महामन्त्री पदको...
काठमाडाैं, पुस १ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
केन्द्रीय निर्वाचन समितिले भर्खरै महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ। त्यसअघि समितिले सभापति र उपसभापतिको नतिजा सार्वजनिक गरिसकेको छ।
भर्खरै सहमहामन्त्री पदको मतगणना सुरु भएको छ। सहमहामन्त्रीका लागि आठ क्लस्टरबाट १९ जना प्रतिस्पर्धामा छन्। सहमहामन्त्रीमा हरेक क्लस्टरबाट एकएक गरी आठजना निर्वाचित हुनेछन्।
महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ गंगा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र विकास लामा, खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे सहमहामन्त्रकिा उम्मेदवार छन्।
त्यस्तै मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल, थारुतर्फ उमाकान्त चौधरी र तुजुलाल चौधरी, पिछडिएको क्षेत्रबाट चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे पनि सहमहामन्त्रीका उम्मेदवार हुन्।
सुरुमा महिला, आदिवासी जनजाति र दलिततर्फ मतगणना गरिने जनाइएको छ। त्यसपछि क्रमशः खसआर्य, थारु, मुस्लिम, मधेसी र पिछडिएको क्षेत्रतर्फको मतगणना हुनेछ।











