Kathmandu Press

मुलुकभर १८४ कोरोना संक्रमित थपिँदा निकाे हुने २६७ जना, २ को मृत्यु

काठमाडौं, पुस १ : पछिल्लो २४ घन्टामा मुलुकभर १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ११ हजार १८...
मुलुकभर १८४ कोरोना संक्रमित थपिँदा निकाे हुने २६७ जना, २ को मृत्यु

काठमाडौं, पुस १ : पछिल्लो २४ घन्टामा मुलुकभर १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ११ हजार १८ जनाको परीक्षण गर्दा पिसिआरबाट १६० र एन्टिजेनबाट २४ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा २६७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। 

योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ लाख २५ हजार १७६ पुगेको छ भने एन्टिजेनतर्फ ९५ हजार ८९७ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ८ हजार ८३ पुगेको छ।  कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५६७ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार देशभर ५ हजार ५२६ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै १११ जना आइसीयूमा उपचाररत छन् भने २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।काठमाडौं, पुस १ पछिल्लो २४ घन्टामा मुलुकभर १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्