Kathmandu Press

रक्षामन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा 

बिहीबार सानेपामा महामन्त्री पदका लागि मतगणना चल्दै गर्दा मन्त्री रिजालले राजीनामा दिने घोषणा गरेका थिए। अन्तिम मतपरिणाम आएपछि सिंहदरबार पुगेर उनले  प्रधानमन्त्तीसमक्ष राजीनामा बुझाएका हुन्। 
रक्षामन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा 

काठमाडौं, पुस १ : रक्षामन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्। सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री रिजालले राजीनामा पत्र बुझाएका हुन्। 

बिहीबार सानेपामा महामन्त्री पदका लागि मतगणना चल्दै गर्दा मन्त्री रिजालले राजीनामा दिने घोषणा गरेका थिए। अन्तिम मतपरिणाम आएपछि सिंहदरबार पुगेर उनले  प्रधानमन्त्तीसमक्ष राजीनामा बुझाएका हुन्। 

महामन्त्री पदका लागि भएको निर्वाचनमा रिजालले ८०९ मत मात्र ल्याएका छन्। रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्