प्रदीप पौडेलले दिए महामन्त्रीमा निर्वाचित गगन र विश्वलाई बधाई
काठमाडाैं, पुस १ : कांग्रेस महामन्त्रीमा निर्वाचित नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मदेवार प्रदीप पौडेलले बधाई दिएका छन्।आफू पराजित भए पनि...
काठमाडाैं, पुस १ : कांग्रेस महामन्त्रीमा निर्वाचित नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका उम्मदेवार प्रदीप पौडेलले बधाई दिएका छन्।
आफू पराजित भए पनि पार्टीमा रूपान्तरण भएको भन्दै उनले गगनर विश्वकाे जितमा आफू खुसी भएको प्रतिक्रिया दिएका छन्। उनले कांग्रेसमा पुस्तान्तरण भएको उल्लेख गदैृ अब वैचारिक रूपान्तरण आवश्यक रहेको स्पष्ट पारे।
१४औ महाधिवेशनअन्तर्गत कांग्रेस महामन्त्रीका लागि गगन, विश्व, पौडेलसँगै प्रकाशशरण महत, मीनेन्द्र रिजाल र डा. राजाराम कार्की गरी ६ जनाले उम्मेदवारी दिएका थिए। कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
प्रकाशित मिति: १६:०० बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











