Kathmandu Press

महामन्त्रीमा पराजित भएपछि प्रदीप पौडेलको प्रतिक्रिया– कांग्रेसमा पुस्तान्तरण सुरु भयो

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तण सुरु भएको बताएका छन्। सानेपास्थित पार्टी कार्यालयबाट बाहिरिने...
महामन्त्रीमा पराजित भएपछि प्रदीप पौडेलको प्रतिक्रिया– कांग्रेसमा पुस्तान्तरण सुरु भयो

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तण सुरु भएको बताएका छन्। 

सानेपास्थित पार्टी कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै पौडेलले कांग्रेसभित्र अब बैचारिक रुपान्तरणको जरुरत भएको समेत बताएका छन्।

उनले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले नै पार्टीभित्र बैचारिक रुपान्तरणको नेतृत्व गर्ने बताए। लोकतान्त्रिक विधि र प्रणालीअनुसार निर्वाचन लड्दा जितहार हुनु स्वभाविक रहेको बताउँदै नवनिर्वाचित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बधाई समेत दिएका छन्। 

‘मतदाताले उहाँहरुलाई रोज्नुभयो। उहाँहरु चुनिनुभयो। अब म पार्टीमा उहाँहरुलाई सघाउँछु,' उनले भने । खारिएको नेतृत्व र नयाँ पुस्ताको मिश्रण भएकाले पार्टी अझै राम्रोसँग अघि बढ्ने उनले बताए।  

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्