Kathmandu Press

पार्टीलाई एकताबद्ध बनाएर लान नेता पौडेलको आग्रह

काठमाडाैं, पुस १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।पार्टीको १४औं महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज...
पार्टीलाई एकताबद्ध बनाएर लान नेता पौडेलको आग्रह

काठमाडाैं, पुस १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्।

पार्टीको १४औं महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज (बिहबिार) भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताएका थिए।
    
नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएको थिए। नेता पौडेलले आफू र महामन्त्री डा शशांक कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताएका थिए।

भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताएका थिए। उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पारे। 

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्