Kathmandu Press

विश्वप्रकाशले भने– आगामी याेजना र प्रतिबद्धताबारे सुन्दरीजलको माटो ढोगेर बताउँछु

काठमाडाैं, पुस १ : कांग्रेस महामन्त्रीको मतगणना लगभग सकिएको छ। यतिखेर अन्तमि मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।महामन्त्रीमा गगन थापाले जित्ने पक्का भइसक्दा उनलाई पछ्याइरहेका...
विश्वप्रकाशले भने– आगामी याेजना र प्रतिबद्धताबारे सुन्दरीजलको माटो ढोगेर बताउँछु

काठमाडाैं, पुस १ : कांग्रेस महामन्त्रीको मतगणना लगभग सकिएको छ। यतिखेर अन्तमि मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।

महामन्त्रीमा गगन थापाले जित्ने पक्का भइसक्दा उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माको जित्ने सुनिश्चित थिएन। तर परिणाम आफ्नो पक्षमा देखिएपछि उनी सानेपास्थित पार्टी कार्यालय पुगेका छन्, जहाँ मतगणना भइरहेका छ।

कांग्रेस प्रवक्तासमेत रहँदै आएका उनले प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए। सानेपा परिसरमा उनले सञ्चारकर्मीसँग छोटो कुराकानी गरे। उनले अब कांग्रेसलाई सबैलाई जोड्ने पार्टी बनाउने बताए। फरकफरक विचारबाट आएका नेताहरू विभिन्न पदमा विजयी भएकाले सबैले मिलेर कांग्रेसलाई अघि बढाउने उनको भनाइ थियो।

उनले आगामी याेजना र प्रतिबद्धताबारे सबै कुरा बीपी कोइराला जेल बसेको स्थान सुन्दरीजलको माटो ढोगेर मात्र राख्ने बताए।  उनले सुन्दरीजलबाटै उम्मेदवारी घोषणा गरेका थिए। 

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्