Kathmandu Press

फिलिपिन्समा सुपर टाइफुन ‘राई’ आएपछि हजारौंले छाडे घर

दापा, पुस १ : फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन  ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र...
फिलिपिन्समा सुपर टाइफुन ‘राई’ आएपछि हजारौंले छाडे घर

दापा, पुस १ : फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन  ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्ट छाडेर भागेका छन्।

आँधी आएको यस अवस्थामा १८५ किलोमिटर प्रतिघण्टाको अधिकतम निरन्तर हावा चलेको थियो। हावाको गति १९५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिइएको छ। हावाको यस गतिमा आए यसवर्षको सबभन्दा शक्तिशाली आँधी हुने एजेन्सीले जानकारी दिएको छ।

प्रशान्त महासागरमा आएको यस आँधीका कारण ४५ हजार भन्दा बढी धेरै मानिसले आफ्नो आश्रयस्थल खोजी गरेको राष्ट्रिय प्रकोप एजेन्सीले जनाइएको छ। शनिबारसम्म साउथ चाइना सागर माथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, र मिन्डानाओ र पलावान टापुहरू पार गर्दा थोरै कमजोर हुने अपेक्षा गरिएको छ।

प्रत्येक वर्ष फिलिपिन्समा औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ। यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरेका छन्।

प्रकाशित मिति: १५:०८ बजे, बिहीबार, पुस १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्