विश्वप्रकाश शर्मा कांग्रेसको महामन्त्री बन्ने निश्चित
अब करिब ३ सय मात्र मत गन्न बाँकी रहँदा विश्वप्रकाशले प्रकाशशरणसँग झण्डै ४ सयको मतान्तर कायम गरेका हुन्।
काठमाडौं, पुस १ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा जारी महाधिवेशनबाट महामन्त्री निर्वाचित हुने निश्चित भएको छ । पार्टी कार्यालय सानेपमा भइरहेको मतगणना अन्तिम चरणमा पुग्दा विश्वप्रकाशको महामन्त्री निर्वाचित हुने सम्भावना प्रवल हुँदै गएको हो।
गगन थापापछि दोस्रो धेरै मत पाएका विश्वप्रकाशले ४३९० मत गणना भइसक्दा १ हजार ८२४ मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका प्रकाशरण महतको १४ सय ५५ मत रहेको छ ।
अब करिब ३ सय मात्र मत गन्न बाँकी रहँदा विश्वप्रकाशले प्रकाशशरणसँग झण्डै ४ सयको मतान्तर कायम गरेका हुन्। अर्का उम्मेदवार प्रदीप पौडेलले १३०३, डा। मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन् ।
गगन थापा यसअघि नै महामन्त्री बन्ने पक्का भइसकेको छ । उनले ६५ प्रतिशत भन्दा बढी मत पाउने निश्चित भएको छ।
महामन्त्रीमा निर्वाचित गगन थापा शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने विश्वप्रकाश प्रकाशमान र्सिंह प्यानलका उम्मेदवार हुन्।











