गगन थापा कांग्रेसको महामन्त्री निर्वाचित
अब करिब ६ सय मत मात्र गन्न बाँकी रहँदा गगनले दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्मासँग करिब ९ सय मतको अन्तर बनाइसकेका छन्।
काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट युवा नेता गगनकुमार थापा महामन्त्री निर्र्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा थापा अत्याधिक मतसहित महामन्त्रीमा विजय नजिक पुगेका हुन्। सानेपामा भइरकेको मतगणनामा ४०९० मत गनेर सकिँदा गगन थापाले मात्रै २६४४ मत पाएका छन्। यो भनेको कुल मतगणनाको ६४ प्रतिशत भन्दा बढी मत हो ।
अब करिब ६ सय मत मात्र गन्न बाँकी रहँदा गगनले दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्मासँग करिब ९ सय मतको अन्तर बनाइसकेका छन्। यस हिसाबबाट गगन थापा कांग्रेसको महामन्त्री चयन हुने निश्चित भएको हो।
दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा। मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।
प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











