Kathmandu Press

मीनेन्द्र रिजालले अपरान्ह ४ बजे रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै

काठमाडाैं, पुस १ : रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले अपरान्ह ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्।उनी कांग्रेस महामन्त्रीका...
मीनेन्द्र रिजालले अपरान्ह ४ बजे रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै

काठमाडाैं, पुस १ : रक्षामन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले अपरान्ह ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

उनी कांग्रेस महामन्त्रीका उम्मेदवार पनि हुन्।  महामन्त्रीको मतगणना भइरहेका छ। महाधिवेशनमा अपेक्षित मत परिणाम नआएपछि उनले फेसबुकमार्फत मन्त्रीबाट राजीनामाको घोषणा गरिसकेका छन्।

‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ उनले लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।’

मतगणना अन्तिम चरणमा आइपुग्दा महामन्त्रीका ६ उम्मेदवारमध्ये उनी पाँचौं स्थानमा छन्। कांग्रेसमा दुई जना महामन्त्री हुने व्यवस्था छ।  

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्