महामन्त्री मतगणना : ९ सय मतान्तरले गगन अगाडि, विश्वप्रकाश र प्रकाशशरण प्रतिस्पर्धामा
३४२० मतगणना सकिँदा गगन थापाले २२२७ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले १३७६ मत पाएका छन्।
काठमाडौं, पुस १ : नेपाली कांग्रेसको सहमहामन्त्री पदका लागि मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको थियो ।
हालसम्मको मतगणनामा फराकिलो अन्तरसहित गगन थापा शीर्ष स्थानमा रहेका छन्। उनले दोस्रो स्थानमा रहेका विश्वप्रकाशसँग गगनले करिब ९ सय मतको अन्तर रहेको छ।
त्यस्तै तेस्रो स्थानमा रहेका प्रकाशशरण महत र विश्वप्रकाश शर्माबीच करिब ३ सय मतको अन्तर छ।
३४२० मतगणनामा
गगन कुमार थापा २२२७
विश्व प्रकाश शर्मा १३७६
प्रकाश शरण महत ११२७
प्रदिप पौडेल १०३०
मिनेन्द्र रिजाल ६०३
राजाराम कार्की ७७
शीर्षस्थानमा रहेका गगन थापा शेखर कोइराला प्यानलका हुन्। उनीसहित मिनेन्द्र रिजाल पनि शेखर प्यानलकै हुन्। महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन्।त्यस्तै विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । राजाराम कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् ।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।











