Kathmandu Press

३३२० मतगणना हुँदा गगनको २१६४ मत,  १३२८ मतसहित विश्वप्रकाश दोस्रो स्थानमा 

हालसम्मको मतगणनामा फराकिलो अन्तरसहित गगन थापा शीर्ष स्थानमा रहेका छन्। उनले दोस्रो स्थानमा रहेका विश्वप्रकाशसँग गगनले करिब ८  सय मतको अन्तर रहेको छ। 
३३२० मतगणना हुँदा गगनको २१६४ मत,  १३२८ मतसहित विश्वप्रकाश दोस्रो स्थानमा 

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको सहमहामन्त्री पदका लागि मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको थियो । 

हालसम्मको मतगणनामा फराकिलो अन्तरसहित गगन थापा शीर्ष स्थानमा रहेका छन्। उनले दोस्रो स्थानमा रहेका विश्वप्रकाशसँग गगनले करिब ८  सय मतको अन्तर रहेको छ। 

त्यस्तै तेस्रो स्थानमा रहेका प्रकाशशरण महत र विश्वप्रकाश शर्माबीच करिब ३ सय मतको अन्तर छ। 

३३२० मतगणनामा

गगन कुमार थापा २१६४

विश्व प्रकाश शर्मा १३२८

प्रकाश शरण महत १०९२

प्रदिप पौडेल ९९९

मिनेन्द्र रिजाल ५८८

शीर्षस्थानमा रहेका गगन थापा शेखर कोइराला प्यानलका हुन्। उनीसहित मिनेन्द्र रिजाल पनि शेखर प्यानलकै हुन्।  महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन्।त्यस्तै विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।  राजाराम कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । 

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्