Kathmandu Press

बेइजिङ शीतकालीन ओलम्पिकमा कोरिया सहभागी नहुन दबाब छैन : राष्ट्रपति

सिंगापुर, पुस १ : दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले हालै बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउने अमेरिकी नेतृत्वको कदमलाई सियोलले ‘विचार...
बेइजिङ शीतकालीन ओलम्पिकमा कोरिया सहभागी नहुन दबाब छैन : राष्ट्रपति

सिंगापुर, पुस १ : दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले हालै बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउने अमेरिकी नेतृत्वको कदमलाई सियोलले ‘विचार नगरेको’ बताएका छन्।

सिंगापुरको चिनियाँ भाषाको अखबार लियान्हे जाओबाओले रिपोर्टअनुसार बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउन सियोललाई ‘संयुक्त राज्य अमेरिका वा अन्य कुनै राष्ट्रले आग्रह गरेको छैन’ भनी अस्ट्रेलियाको भ्रमणका क्रममा सोमबार उनले उक्त टिप्पणी गरेका थिए।

सन् २०२२ ओलम्पिकको शीतकालीन खेलहरू फेब्रुअरी ४ मा बेइजिङमा सुरु हुँदैछ।

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, पुस १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्