Kathmandu Press

भारतमा थप सात हजार ९७४ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, पुस १ : भारतमा कोरोना भाइरसबाट थप ७ हजार ९७४ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण...
भारतमा थप सात हजार ९७४ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, पुस १ : भारतमा कोरोना भाइरसबाट थप ७ हजार ९७४ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या ८७ हजार २४५ रहेको छ।

Hardik ivf

अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०।२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन्।

गएको २४ घण्टामा भारतमा ८ हजार ९४८ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४१ लाख ५४ हजार ८७९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन्।

भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ। यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ। 

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ३५ करोड २५ लाख डोज खोप लगाइएको जनाइएको छ।

प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्