अपांगता भएकी महिलालाई जापानी समाजसेवीबाट एक लाख सहयोग
पाल्पा, पुस १ : जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले अपांगता भएकी एक महिलालाई १ लाख सहयोग गरेका छन्। तानसेन नगरपालिका-५ कैलाशनगरकी तारा...
पाल्पा, पुस १ : जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले अपांगता भएकी एक महिलालाई १ लाख सहयोग गरेका छन्। तानसेन नगरपालिका-५ कैलाशनगरकी तारा अर्याललाई उनले उक्त सहयोग गरेको हो।
एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अपांगता भएकी महिलालाई आर्थिक सहयोग गरेकामा काकिमीलाई धन्यवाद दिए। अपांगता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको उनको भनाइ थियो।
काकिमीले पाल्पामा शिक्षा तथा खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि आर्थिक सहयोग गर्दै आएका छन्।
प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












