फराकिलो मतान्तरसहित गगन शीर्षस्थानमा, विश्वप्रकाशलाई पछ्याउँदै प्रकाशशरण (अपडेट)
जारी मतगणनामा दोस्रो स्थानमा भने विश्वप्रकाश शर्मा रहेका छन्। तेस्रो स्थानमा प्रकाशशरण महत आएका छन्।
काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा गगनकुमार थापाले फराकिलो मतान्तरसहित शीर्ष स्थान कायम गरेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा दोस्रो स्थानमा भने विश्वप्रकाश शर्मा रहेका छन्। तेस्रो स्थानमा प्रकाशशरण महत आएका छन्। विश्वप्रकाश, प्रकाशशरण र प्रदीप पौडेलबीच दोस्रो स्थानमा प्रतिस्पर्धा देखिएको छ।
३१२० मतगणना
गगन कुमार थापा २०३७
विश्व प्रकाश शर्मा १२५५
प्रकाश शरण महत १०२४
प्रदिप पौडेल ९३५
मिनेन्द्र रिजाल ५४६
राजाराम कार्की ७५
१४ औं महाधिवेशन गगन थापा र मिनेन्द्र रिजाल शेखर कोइराला प्यानलका उम्मेदवार हुन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहका प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् भने प्रकाशशरण महत र प्रदीप पौडेल संस्थापन पक्षका उम्मेदवार हुन्।
प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











