रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालकाे घाेषणा
उनले फेसबुकमा लेखेका छन्, ‘महामन्त्रीको अन्तिम मत परिणाम प्राप्त हुनासाथ सम्माननीय पव्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।'
काठमाडाैं, पुस १ : कांग्रेस नेता मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने भएका छन्।
आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिने जानकारी गराएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘महामन्त्रीको अन्तिम मत परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।'
उनले नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन्।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महामन्त्रीका ६ उम्मेदवारमध्ये उनी पनि एक हुन्। महामन्त्रीको मतगणना भइरहँदा उनी चौथो स्थानमा छन्।
प्रकाशित मिति: १३:२१ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











