Kathmandu Press

श्रीलंकाले सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने

कोलम्बो, पुस १ : श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ।यहाँका पर्यटनमन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको...
श्रीलंकाले सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने

कोलम्बो, पुस १ : श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ।

यहाँका पर्यटनमन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताए। 

यहाँको सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने र यसबाट आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर भित्र्याउने तयारीमा सरकार लागेको पनि बताइएको छ। यहाँका मुख्य आम्दानी पर्यटन नै हो। तर पनि कोभिड १९ को प्रभावका कारण पछिल्ला वर्षमा यहाँ पर्यटक नै पुगेका छैनन्। 

यसरी यहाँको डुब्न लागेको पर्यटन बजारलाई पुनस्थापना गर्नका लागि यहाँको सरकारले सो योजना बनाएको बताइएको छ। 

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, पुस १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्