Kathmandu Press

१९०० मत गन्दा गगनको १२९४, ​दोस्रो स्थानमा रोचक प्रतिस्पर्धा (अपडेट) 

पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार १८९५ मतगणनामा  गगन कुमार थापाले १२९४ मत प्राप्त गरेका छन् ।
१९०० मत गन्दा गगनको १२९४, ​दोस्रो स्थानमा रोचक प्रतिस्पर्धा (अपडेट) 

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा गगनकुमार थापाले फराकिलो अग्रता बनाउँदै लगेका छन् । दोस्रो स्थानमा भने तीन जना प्रत्यासीहरुको कडा प्रतिस्पर्धा देखिएको छ। 

पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार १८९५ मतगणनामा  गगन कुमार थापाले १२९४, विश्व प्रकाश शर्मा ८२७ र प्रदिप पौडेलले ६६८  मत प्राप्त गरेका छन्। त्यस्तै प्रकाशशरण महतले ६२० मत प्राप्त गर्दा मिनेन्द्र रिजाल र राजाराम कार्कीले क्रमशः ३२९ र ५८ मत ल्याएका छन्। 

१४ औं महाधिवेशन गगन थापा र मिनेन्द्र रिजाल शेखर कोइराला प्यानलका उम्मेदवार हुन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहका प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् भने प्रकाशशरण महत र प्रदीप पौडेल संस्थापन पक्षका उम्मेदवार हुन्। 


 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्