१४ सय भोट गन्दा गगनको ९५५, प्रकाशशरण महत तेस्रो स्थानमा (अपडेट)
पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार १४९५ मत गन्दा गगनले ९५५ मत प्राप्त गरेका छन् ।
काठमाडाैं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा गगनकुमार थापाले फराकिलो अग्रता बनाउँदै लगेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार १४९५ मत गन्दा गगनले ९५५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ६६०, प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मीनेन्द्र रिजालले २७५ र राजाराम कार्कीले ४६ मत प्राप्त गरेका छन् ।
१४ औं महाधिवेशन गगन थापा र मिनेन्द्र रिजाल शेखर कोइराला प्यानलका उम्मेदवार हुन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहका प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् भने प्रकाशशरण महत र प्रदीप पौडेल संस्थापन पक्षका उम्मेदवार हुन्।
प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











