१२०० भोट गनिसक्दा शीर्षस्थानमा गगन, कसले कति मत पाए (अपडेट)
दोस्रो नम्बरमा विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ। विश्वप्रकाशले ४९० मत प्राप्त गर्दा प्रकाशशरण महतले ३८९ मत प्राप्त गरेका छन्। त्यस्तै महामन्त्री पदका अर्का प्रत्यासी प्रदीप पौडेल ३६९ मतसहित चौथो नम्बरमा छन्।
काठमाडाैं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा गगनकुमार थापाले फराकिलो अग्रता बनाउँदै लगेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार १२ सय भोट गनिसक्दा गगनले ७५६ मत प्राप्त गर्दै पहिलो नम्बरको अग्रता कायम गरेका छन्।
दोस्रो नम्बरमा विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ। विश्वप्रकाशले ४९० मत प्राप्त गर्दा प्रकाशशरण महतले ३८९ मत प्राप्त गरेका छन्। त्यस्तै महामन्त्री पदका अर्का प्रत्यासी प्रदीप पौडेल ३६९ मतसहित चौथो नम्बरमा छन्।
त्यस्तै मिनेन्द्र रिजाल २२३ मतसहित पाचौं नम्बरमा छन् भने राजाराम कार्की ३९ मत सहित सबैभन्दा पछाडि रहेका छन्।
१४ औं महाधिवेशन गगन थापा र मिनेन्द्र रिजाल शेखर कोइराला प्यानलका उम्मेदवार हुन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहका प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् भने प्रकाशशरण महत र प्रदीप पौडेल संस्थापन पक्षका उम्मेदवार हुन्।