Kathmandu Press

९०० भोट गनेर सकिँदा गगनले पाए ५५९ मत, दोस्रोमा विश्वप्रकाश र प्रदीपबीच प्रतिस्पर्धा

दोस्रो नम्बरमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल कडा प्रतिस्पर्धा देखिएको छ। विश्वप्रकाशले ३५७ मत प्राप्त गर्दा प्रदीप पौडेलले  ३०० मत प्राप्त गरेका छन्। त्यस्तै महामन्त्री पदका अर्का प्रत्यासी प्रकाशशरण महत भने केही पछि परेका छन् । उनी २९७ मतसहित चौथो नम्बरमा छन्। 
९०० भोट गनेर सकिँदा गगनले पाए ५५९ मत, दोस्रोमा विश्वप्रकाश र प्रदीपबीच प्रतिस्पर्धा

काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदमा गगनकुमार थापाले फराकिलो अग्रता बनाउँदै लगेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी मतगणना अनुसार ९ सय भोट गनिसक्दा गगनले ५५९ मत प्राप्त गर्दै पहिलो नम्बरको अग्रता कायम गरेका छन्। 

दोस्रो नम्बरमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल कडा प्रतिस्पर्धा देखिएको छ। विश्वप्रकाशले ३५७ मत प्राप्त गर्दा प्रदीप पौडेलले  ३०० मत प्राप्त गरेका छन्। त्यस्तै महामन्त्री पदका अर्का प्रत्यासी प्रकाशशरण महत भने केही पछि परेका छन् । उनी २९७ मतसहित चौथो नम्बरमा छन्। 

त्यस्तै मिनेन्द्र रिजाल १५३ मतसहित पाचौं नम्बरमा छन् भने राजाराम कार्की ३१ मत सहित सबैभन्दा पछाडि रहेका छन्। 

१४ औं महाधिवेशन गगन थापा र मिनेन्द्र रिजाल शेखर कोइराला प्यानलका उम्मेदवार हुन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहका प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् भने प्रकाशशरण महत र प्रदीप पौडेल संस्थापन पक्षका उम्मेदवार हुन्। 

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्