कांग्रेस महामन्त्रीको मतगणना : ६०० मत गन्दा गगन र विश्वप्रकाश अगाडि
गगन थापाले शीर्ष स्थान कायम गर्दै ३८१ मत प्राप्त गरेका छन्। त्यस्तै दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले २२८ मत ल्याएका छन् । यसैगरी प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन्।
काठमाडौं, पुस १ : नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा युवा नेता गगन थापाले प्रारम्भिक अग्रता लिएका छन्। बिहीबार साढे १० बजेपछि शुरु भएको मतगणनामा ६०० मत गनेर सकिँदा गगन र विश्वप्रकाश शर्माले अग्रता लिएका हुन्।
विवरण अनुसार गगन थापाले शीर्ष स्थान कायम गर्दै ३८१ मत प्राप्त गरेका छन्। त्यस्तै दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले २२८ मत ल्याएका छन् ।
यसैगरी प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत पाएका छन्।
१४ औं महाधिवेशन गगन थापा शेखर कोइराला प्यानलका उम्मेदवार हुन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहका प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् भने प्रकाशशरण महत र प्रदीप पौडेल संस्थापन पक्षका उम्मेदवार हुन्।
प्रकाशित मिति: १२:१० बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











