Kathmandu Press

रुसी र चिनियाँ राष्ट्रपति आगामी फेब्रुअरीमा बेइजिङमा भेट्ने

बेइजिङ, पुस १ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेबु्रअरीमा भेट हुने भएको छ । उनीहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ...
रुसी र चिनियाँ राष्ट्रपति आगामी फेब्रुअरीमा बेइजिङमा भेट्ने

बेइजिङ, पुस १ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेबु्रअरीमा भेट हुने भएको छ । 

उनीहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ राजधानी सहर बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनीहरु दुई जनाका बीचमा बुधबार भर्चुअल विधिबाट फोन सम्वाद भएको थियो । त्यस सम्वादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिएका थिए।

फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको जानकारी दिएका थिए। चिनियाँ सञ्चारमाध्यमहरुले आज सो कुराको जानकारी दिएका छन् ।  

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, पुस १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्