प्रचण्डले भने– शेयर बजारबारे मेरो अभिव्यक्ति लगानीकर्ताको हितमा छ
काठमाडौं, पुस १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार सम्बन्धमा आफूले दिएको अभिव्यक्ति आम लगानीकर्ताको हितमा रहेको बताएका छन्। शेयर बजारबारे...
काठमाडौं, पुस १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार सम्बन्धमा आफूले दिएको अभिव्यक्ति आम लगानीकर्ताको हितमा रहेको बताएका छन्।
शेयर बजारबारे प्रचण्डको अभिव्यक्तिबारे टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले ‘चन्दा नपाएका कारण प्रचण्डले शेयर बजारलाई भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवाद’ भनेको बताएका थिए।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले ओलीलाई नै ‘दलाल पुँजीपति वर्गको एजेण्ट’ को संज्ञा दिएका छन्। प्रचण्डले शेयरबजारबारे आफ्नो अभिव्यक्ति सही रहेको दाबी गरेका छन् । शेयर बजारका सम्बन्धमा पार्टी र आफूसहित लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको बताउँदै प्रचण्डले दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन आग्रह गरेका छन्।

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











