Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनका लागि पुस १० भित्र दल दर्ता गर्न आह्वान 

काठमाडौं, पुस १ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगले बिहीवार सूचना जारी गर्दै राष्ट्रिय सभा निर्वाचनका लागि...
राष्ट्रिय सभा निर्वाचनका लागि पुस १० भित्र दल दर्ता गर्न आह्वान 

काठमाडौं, पुस १ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगले बिहीवार सूचना जारी गर्दै राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको हो। 

आयोगले दल दर्ता गर्न पुस १० गतेसम्मको म्याद कायम गरेको छ। 

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।

प्रकाशित मिति: १०:१० बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्