आज कांग्रेस महामन्त्रीको मतगणना हुँदै
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज महामन्त्रीका लागि भएको चुनावमा मतगणना हुन लागेको छ।
काठमाडौं, पुस १ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज महामन्त्रीका लागि भएको चुनावमा मतगणना हुन लागेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुनेछ। महामन्त्रीका दुई पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको छ।
सोमबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की भिडेका हुन्।
कांग्रेस सभापति र उपसभापतिको मतगणना भइसकेको छ। सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्। खड्का देउवा समूहबाट र गुरुङ डा. कोइराला समूहबाट निर्वाचित भएका हुन्।
प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











