कांग्रेस उपसभापतिमा पूर्णबहादुर र धनराज विजयी
दुई उपसभापतिका लागि भएको निर्वाचन खड्काले सर्वाधिक २१२१ मत प्राप्त गरे भने गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
काठमाडाैं, पुस १ : नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । दुई उपसभापतिका लागि भएको निर्वाचन खड्काले सर्वाधिक २१२१ मत प्राप्त गरे भने गुरुङले १९०८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
कांग्रेसमा पहिलो पटक उपसभापतिका लागि निर्वाचन भएको हो। १४औं महाधिवेशनमा खड्का शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यालनबाट लडेका थिए।
यता, विजय गच्छदार भने झिनो मतअन्तरले उपसभापतिमा पराजित भएका छन्। रोचक बनेको मत गणनामा उनी २ मतले पराजित भएका हुन्। गच्छदारले १९०६ मत प्राप्त गरे।
यस्तै, उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका थिए।
गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
*मत परिणाम अपडेट गरिएको।
प्रकाशित मिति: ००:२९ बजे, बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











