Kathmandu Press

कांग्रेस उपसभापतिमा देउवा प्यानलका खड्का र गच्छदारको अग्रता 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापति तर्फको जारी मतगणनामा शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार रहेका पूर्णबहादुर...
कांग्रेस उपसभापतिमा देउवा प्यानलका खड्का र गच्छदारको अग्रता 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापति तर्फको जारी मतगणनामा शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार रहेका पूर्णबहादुर खड्का र बिजयकुमार गच्छदारले अग्रता बनाएका छन् ।

सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ भने अहिले केही मतले पछाडि परेका छन् । देउवा प्यानलबाट उम्मेदवार रहेका खड्काले १६३४ मत पाएका छन् भने गच्छदारले १४४३ मत पाएका छन् ।

यस्तै कोइरालाको प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन् ।

प्रकाशित मिति: २२:४२ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्