कांग्रेस उपसभापतिमा देउवा प्यानलका खड्काको अग्रता, दोश्रोमा कोइराला प्यानलका गुरुङ
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी उपसभापतिको मतगणनामा सभापति शेरबहादुर देउवा प्यानलका पूर्ण बहादुर खड्काले अग्रता लिएका छन् ।९...
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी उपसभापतिको मतगणनामा सभापति शेरबहादुर देउवा प्यानलका पूर्ण बहादुर खड्काले अग्रता लिएका छन् ।
९ सय मतगणना हुँदा खड्काले ३९५ मत प्राप्त गरेका छन् । यसअघि अग्रता बनाइरहेका धनराज गुरुङ अहिले दोस्रोमा झरेका छन् । गुरुङले ३९२ मत ल्याएका छन् ।
यस्तै विजय कुमार गच्छदारले ३५५ मत प्राप्त गरेका छन् । चन्द्र भण्डारीले ३५१ मत ल्याएका छन् ।
प्रकाशित मिति: २०:१८ बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











