Kathmandu Press

कांग्रेस उपसभापतिको प्रारम्भिक मत परिणाम, कसले कति पाए ? 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।प्रारम्भिक मत परिणाम अनुसार धनराज...
कांग्रेस उपसभापतिको प्रारम्भिक मत परिणाम, कसले कति पाए ? 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

प्रारम्भिक मत परिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । बुधबार साँझबाट पार्टी कार्यालय सानेपामा ३ ठाउँमा मतगणना गरिएको छ ।

प्रकाशित मिति: १९:४० बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्