Kathmandu Press

स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा : मुख्यमन्त्री केसी

परासी, मंसिर २९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। स्वास्थ्य र शिक्षामा समान अवसर...
स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा : मुख्यमन्त्री केसी

परासी, मंसिर २९ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने उनले बताए। 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम कार्यक्रमहरू ल्याएको बताए। उनले भने, ‘वर्तमान गठबन्धन सरकार सङ्घीयता कार्यान्वयन कसरी गर्नुपर्छ भनेर बाटो देखाउन लागिपरेको छ, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ, सबैले समान सेवा पाउनुपर्छ अनि मात्र समाजवादको बाटो देखिन्छ, स्वास्थ्य र शिक्षा सुधार हाम्रो पहिलो प्राथमिकता हो।’

मुख्यमन्त्री केसीले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच स्थापित गर्न प्रदेश सरकारर्ले घरदैलोमा डाक्टर कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिए। त्यसको लागि कार्यविधि निर्माण भइरहेको बताउँदै उनले आर्थिक अभावका कारण अस्पतालसम्म आउन नसकेका बिरामीलाई गाउँमै डाक्टर पठाएर उपचार सेवा दिइने बताए। 

उनले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी सबै किसिमका उपचार प्रविधि, उपकरण र दक्ष चिकित्सकबाट सेवा दिने रणनीतिका साथ अघि बढेको बताए। उनले सबै सामुदायिक विद्यालयलाई सुधार गरी अब्बल बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको पनि बताए।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले ग्रामीण क्षेत्रमा स्थापना भएको अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए। 

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन पाल्हीनन्दन गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) ले बताए। पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिएको हो।

जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल थिएन्। यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता थियो। 

दुई जना चिकित्सकसहित स्वास्थ्यकर्मीबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा निरन्तरता दिँदै व्यवस्थित प्रयोगशाला, बिरामी भर्ना गरी अस्पतालबाट सेवा सुरु गरिएको अध्यक्ष गुप्ताले बताए। 

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्