Kathmandu Press

जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ : मन्त्री झाँक्री

जनकपुर, मंसिर २९ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताएका छन्।जनकपुरधाममा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल...
जनताको स्वास्थ्यप्रति सरकार गम्भीर छ : मन्त्री झाँक्री

जनकपुर, मंसिर २९ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताएका छन्।

जनकपुरधाममा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीलाई सरकारले प्राथमिकता राखेको बताए।

जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको निर्माणपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख प्रगति हुने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले ल्याएको स्वास्थ्य योजनालाई सफल बनाउन सबैसँग आग्रहसमेत गरे। 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरिएका भवन तीनै तहबीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताउनुहुँदै स्रोत साधनको आभावमा समेत कोभिड–१९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गरे।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्र हाताभित्र निर्माण हुन लागेको उक्त भवनको सहरी विकासमन्त्री रामकुमारी झाँक्री, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्तरूपमा शिलान्यास गरे। 

कूल रु. ७ करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीन तल्ले भवन २०८० साल वैशाख ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने रु. ४ करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोरसमेत डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए।

सो अवसरमा कोभिड–१९ विरुद्धको खोप भण्डारणगृहको समेत उद्घाटन गरिएको छ। 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्