मतपरिणामलाई स्वभाविक रुपमा लिएको छु, कुनै कुण्ठा छैन : शेखर कोइराला
आफू निकट महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा बोल्दै कोइरालाले मत परिणामलाई स्वभाविक रुपमा लिएको र आफूभित्र कुनैपनि किसिमको कुण्ठा पैदा नभएको बताए।
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन परिणामलाई सहज रुपमा लिएको बताएका छन् ।
आफू निकट महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा बोल्दै कोइरालाले मत परिणामलाई स्वभाविक रुपमा लिएको र आफूभित्र कुनैपनि किसिमको कुण्ठा पैदा नभएको बताए।
उनले सभापतिमा दोस्रो पटक निर्वाचित भएका देउवालाई पुन बधाई दिँदै आफूलाई मतदान गर्ने सम्पूर्ण प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
प्राप्त मतले अझै सशक्त भएर अगाढि बढ्नका लागि प्रेरणा दिएको कोइरालाले बताए। प्रतिस्पर्धाबाट आफ्नो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको पनि उनले बताए। १४ औं महाधिवेशनबाट युवारहरुका लागि अवसरका ढोकाहरु पनि खोल्न सफल भएको दाबी गरे।
उनले आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागिसकेको पनि बताएका छन् । भागवण्डा र गुटबन्दीको राजनीतिमा नलागि देश, जनता र पार्टीका लागि राम्रो काम गर्दै अगाढि बढ्ने प्रतिवद्धता गर्दै कोइरालाले महाधिवेशनमा प्रतिनिधिहरुबाट माया कहिल्यै नबिर्सने बताए।











