कांग्रेस महाधिवेशन : साढे ५ बजदेखि उपसभापतिकाे मतगणना सुरु गरिने
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना आज साँझ करिब साढे ५ बजदेखि मतगणना...
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना आज साँझ करिब साढे ५ बजदेखि मतगणना सुरु गरिने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार मतगणनाको सम्पूर्ण तयारी पूरा भएको छ। महामन्त्री पदको मतगणना भोलि गर्ने तयारी छ।
पदाधिकारीको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ। मतपेटिका सानेपा लगिसकिएको समितिले जानकारी दिएको छ।
कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारी उम्मेदवार हुन् भने महामन्त्रीमा प्रकाशशरण महत, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल र डा। राजाराम कार्की छन्।
उपसभापतिमा र महामन्त्रीमा दुईदुईजना निर्वाचित हुनेछन्।
प्रकाशित मिति: १७:२० बजे, बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











