२८० जना संक्रमित थपिँदा निकाे हुने ३०० जना, ६ को मृत्यु
काठमाडौं, मंसिर २९ : पछिल्लो २४ घन्टामा मुलुकभर २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ११...
काठमाडौं, मंसिर २९ : पछिल्लो २४ घन्टामा मुलुकभर २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ११ हजार ९९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २५२ र एन्टीजेनबाट २८ जनामा संक्रमण देखिएको हो।
सोही अवधिमा ३०० जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ लाख २५ हजार १६ पुगेको छ भने एन्टिजेनतर्फ ९५ हजार ८७३ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५६५ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभर ५ हजार ६३५ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५ हजार ३५३ जना होम आइसोलेसनमा रहेका छन् भने २८२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ११२ जना आइसीयूमा उपचाररत छन् भने २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।











