Kathmandu Press

पार्टीको हितका लागि संगठित भएर लाग्ने छौं : गगन थापा 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीलाई थप संगठित बनाएर लैजान अझै सशक्त भएर अगाडि बढ्ने बताएका छन्। सभापति पदमा पराजित...
पार्टीको हितका लागि संगठित भएर लाग्ने छौं : गगन थापा 

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीलाई थप संगठित बनाएर लैजान अझै सशक्त भएर अगाडि बढ्ने बताएका छन्। 

सभापति पदमा पराजित भएपछि शेखर कोइरालाले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मत परिणाम जेजस्तो आएपनि कांग्रेस अब एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका हुन्। 

सभापतिमा पुनः निर्वाचित भएका देउवा गुटको मात्र नभई सिंगो पार्टीको सभापति हुने कारण सोही अनुसारको कार्यशैलीको अपेक्षा रहेको बताएका छन् । नेतृत्वसँग अब सहकार्य र संघर्ष दुबै हुने पनि उनले बताए । नेतृत्वले पार्टी हितका लागि गरेका काममा सहकार्य र अहित हुने काम गरे संघर्ष हुने बताए। 

उनले सभापति निर्वाचित भएका देउवा र पराजित भएका शेखर दुबैलाई बधाई दिएका छन्। पराजित भएपछि ४० प्रतिशत मतको दुरुपयोग नगर्न पनि शेखर कोइरालासँग अनुरोध गरेका छन्। 

‘४० प्रतिशत मतलाई देखाएर ४० प्रतिशत भाग नखोजियोस्,’ थापाले भनेका छन्। उनले आगामी निर्वाचनसम्ममा पार्टीलाई जिताउन बलियो भएर लाग्नुपर्ने बताए। 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्